श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

13
फोटो - सामाजिक संजाल

काठमाडौं – मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

मोरङको बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान १ः४० बजेतिर पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घटना भएको केही समयमै इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालको नेत्रीत्वमा प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरी निरीक्षक दाहालले बताए । 

उनका अनुसार धारिलो घरेलु हतियार प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय बेलबारीदेखि घटनास्थल करिब एक किलोमिटर दूरीमा रहेको छ ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।  

दोस्रो बिहे गरेका बमबहादुर र गीताका ८ वर्षीय छोराले भने भागेर ज्यान बचाएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू