मकवानपुर – वैदेशिक रोजगारका लागि विदेश गएका श्रीमानले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताब श्रिमतीले दिलाउन नसक्दा श्रीमान-श्रीमती बीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।
बागमती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फर्छ्योट गरी श्रीमान-श्रीमती बीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालत श्रोतले बतायो ।
विवाहित श्रीमतीलै श्रीमान भन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी श्रीमानले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित श्रीमतीले सम्बन्धविच्छेदको शिकार हुनुपरेको र अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको अदालत श्रोत बताउँछ ।