श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक पक्राउ

45

रौतहट – श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित रौतहटबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका-२ महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित भारत सितामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू