संघीय शिक्षा ऐन संसदमा पठाउने मन्त्रिपरिषद्को निर्णय

4

काठमाडौँ – सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

यो बाहेक बैठकमा लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा गम्भीर छलफल गर्दै लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने शर्माले बताइन् ।

उनले भनिन्, ‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ । ’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू