काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बुधबार (आज) अपराह्न बस्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराए हुन् ।
संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभा बैठकमा गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।