संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

56

(काठमाडौं) – सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरु हुन लागेको हो । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको बताइएको छ  ।

बैठकको तयारी स्वरुप बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण गरिएको छ भने बिचमा एउटा छोडेर कुर्सिको ब्यबस्थापन पनि गरिएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भ सम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ ।

राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ ।

सरकारले नीति तथा कार्यक्र यही जेेठ२ गते गर्नेसंसदको अधिबेशनमा पेश गर्ने तयारी गरेको छ ।

समाचार वर्गहरू