संरक्षित वन्यजन्तु कछुवा सहित ५ पक्राउ

19

भक्तपुर  – संरक्षित वन्यजन्तु कछुवा सहित भक्तपुरको सूर्यविनायकबाट ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिका-४ का २९ वर्षीय नैन बहादुर आले मगर, काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका ३३ वर्षीय छेवाङ लामा रहेका छन् ।

यस्तै, भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका २७ वर्षीय राज कुमार घिसिङ र काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका २९ वर्षीय दावा लामा रहेका छन् ।

संरक्षित वन्यजन्तु कछुवाको अवैध ओसार पसार तथा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू