संविधान संशोधनका लागि कार्यदल बन्दैछ – गृहमन्त्री लेखक

55

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि छिट्टै दुई दलीय कार्यदल बनाउन लागिएको बताएका छन्।

भक्तपुरमा बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘केही दिनमा नै दुई दलको कार्यदल बनाई संशोधन सुरु हुनेछ।’ उनले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने बताए

गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको बताए। उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे।

समाचार वर्गहरू