संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, गृहमन्त्रीले राजीनामा गर्नुपर्छ – रास्वपा

98

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजिनामा गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ।

पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो।

त्यस्तै सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

समाचार वर्गहरू