काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- नेपाल पक्षको संसदीय दलको बैठकले बुधबार सबै सांसदहरूलाई आपतकालीन अवस्थामा बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ। उपत्यकाबाहिर जानै परे संसदीय दललाई जानकारी गराएर मात्र जान निर्देशन दिइएको हो।
बुधबार नेकपा प्रचण्ड-नेपाल पक्षीय संसदीय दलको बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले यस्तो जनाएका हुन्। उनले औपचारिक रूपमा कुनै कुरा नभएको र यो निर्देशन अनौपचारिक मात्र भएको बताएका हुन्।
सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बस्नुपर्ने भएकोले यस्तो निर्देशन दिइएको उनले बताएका छन्।