काठमाडौं – संवैधानिक तथा राजनीतिक नियुक्तिहरु संविधानमा गरिएको व्यवस्था अनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकमा सांसदहरुले समावेशीताको कुरा उठाएपछि समिति प्रधानमन्त्री ओलीसँग छलफल गर्ने निर्णय भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
कर्णले सबै राजदूतहरुको सिफारिस एकै पटक भए समावेशी सिद्धान्त पालना हुने कुरामा जोड दिंदै प्रधानमन्त्रीसँग सम्पर्क गरेर मंसिर ११ गतेको आसपास बैठकमा बोलाउने निर्णय भएको बताए ।