संसद्‌मा बजेट भाषणअघि देउवाले बोलाए विपक्षी दलको बैठक

8

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।

मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् । संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

मंगलबार दिउँसो १ बजे संघीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसअघि सभापति देउवाले बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षमा बस्ने गरी बिपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएका हुन् ।

विपक्षी दलको बैठक लगत्तै काँग्रेस संसदीय दलको बैठक बस्ने तयारी छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्‌मा विरोध गर्दै आएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू