संसद् पुनर्स्थापनाको खुशियालिमा विजय जुलुस निकाल्दै प्रचण्ड-नेपाल समूह

18

काठमाण्डौं – संसद् पुनर्स्थापनाको खुसीयाली मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्।

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै प्रचण्ड माधव पक्षले खुसीयाली मनाउन लागेको हो। यो समुहले बुधबार चितवनमा गर्नलागेको बिरोधसभालाई पनी विजयसभाको रुपमा मनाउने तयारी गरेको छ ।

उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं !’

समाचार वर्गहरू