संसद् बैठकलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउने बारेमा छलफल

22

(काठमाडौं) – सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को बैठकलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा जानकारहरुसँग छलफल गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौँका निर्देशक डा दीर्घराज आरसीसँग छलफल गरेका थिए ।

संघीय संसद अन्तर्गतका सभाहलमा सदस्यका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइ व्यवस्थानको काम भइरहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्को छैठौँ बैठक यही बैशाख २६ गते अपरान्ह् ४ बजेका लागि आह्वान भएको छ ।

समाचार वर्गहरू