काठमाडौँ – आजको प्रतिनिधि सभा बैठक पनि सुरु हुने बित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्ने प्रयास गरे । उनीहरुले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहितका १४ जनालाई पदमुक्तको माग राख्दै विरोध गरे ।
सभामुख सापकोटाले नियमित रुपमा संसद् बैठक अवरोध गर्न नहुने र बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरे । एमालेका सांसदहरुले भने पक्षपातपूर्ण व्यवहार मुर्दावाद्, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद लगायतका नारा लगाइरहे ।
सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको विद्येयक प्रमाणिकरणको पत्र पढेर सुनाएका थिए । आर्थिक विद्येयक–२०७८ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७८ राष्ट्रियसभाबाट पारित भएको संसदलाई जानकारी गराइएको छ ।