संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्ने संवैधानिक इजलासमा को -को ?

18

काठमाडौं – प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दा हेर्ने गरी सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन भएको हो।

इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन्। केसी यसअघि पुस ५ को प्रतिनिधिसभा विघटन विरुद्धको संवैधानिक इजलासमा पनि सदस्य थिए।

इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका २६ र प्रधानमन्त्री ओलीको पक्षका ४ गरी ३० वटा रिटमा सुनुवाइ गर्नेछ। सुनुवाई शुक्रबार बाट प्रारम्भ हुनेछ भने सकिन केहिसाता लाग्ने अनुमान गरिएको छ ।

समाचार वर्गहरू