काठमाडौं – कामचलाउ सरकारको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको आकस्मिक मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने प्रयोजनकालागी बोलाइएको संसद अधिबेशन उक्त प्रयोजन समाप्त भैसकेकोले अन्त्य गर्न लागिएको हो ।