काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरित भएको बताएका छन् । संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भने, ‘जुन तरिकाले संसद विघटन सिफारिस भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्वत छैन ।’
यद्यपि यसको परीक्षण गर्ने आफ्नो विधि (अदालत) रहेको र त्यसले परीक्षण गर्ने उनले बताए । परीक्षणले जे निर्णय दिएपनि नेकपा पाएको जनमतको बैधता भने सकिने उनले बताए । ‘३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको बैधता सकियो । मध्यबिन्दु अनलाइन सँगको संक्षिप्त कुराकानीमा सांसद थापाले भने “यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधि मात्र हुनेछ ।”