काठमाडौं – नेपाली काग्रेसका संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला सोमबार देखि काठमाडौंमा शुरु भएको छ ।
काठमाडौंको ठमेलस्थित होटल यात्रीमा चलेको भेलामा ४२ जिल्लाका जिल्ला सभापतिले सहभागिता जनाएको सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामाले जानकारी दिए ।
सभापती लामाका अनुसार विभिन्न कारणले राजधानी आउन नसकेका १३ जिल्ला सभापतिले उक्त भेलामा अनलाईन मार्फत सहभागिता जनाएर आफ्नो भनाई राखेका छन् ।
जिल्ला सभापतिहरुको भेलामा मुख्यगरि क्रियाशिल सदस्यता विवाद, १४औं महाधिवेशन, सभापति देउवा नेतृत्वको ठगबन्धन सरकारको प्रभावकारीता र पार्टी भित्रको पुर्ण एकताको बारेमा छलफल भैरहेको लामाको भनाइ छ ।
उनका अनुसार सोमबार २५ जना जिल्ला सभापतिहरुले धारणा राखेका छन् भने मंगलबार बाकि जिल्ला सभापतिहरुले धारणा राख्नेछन् ।
जिल्ला सभापतिहरुको भेलामा क्रियाशिल सदस्यता बारे छलफल गर्दै क्रियाशिल सदस्यताको विवरण तत्काल पार्टीको आधिकारीक वेभसाइटमा राख्नु पर्ने भन्दै त्रुटी देखिए रायसुझाव दिन सम्बन्धित जिल्लालाई केहि दिन समय दिनुपर्ने बताएका छन् । जिल्लाको रायसुझावको आधारमा क्रियाशिल सदस्यता परिमार्जन गरेपछि मात्र महाधिवेशनको नामावलिको रुपमा ग्रहण गर्न सकिने जिल्ला सभापतिहरुले बताएका छन् ।
महाधिवेशनको बारेमा जिल्ला सभापतिहरुले पार्टीको वैधानिकता संग अरु कुनै विषयको सम्झौता नहुने भन्दै समयसिमा भित्रै महाधिवेशनका गनुृपर्ने माग गरेका छन् । पार्टीको वैधानिकता नै गुम्ने गरि खतरा मोल्न नसकिने भन्दै भदौ २३ भित्र महाधिवेशन गर्न विकल्पहरु खोज्न नेतृत्वलाई सुझाव दिएका छन् ।