धर्मेन्द्र प्रसाद यादव/भिस्वा – प्रहरी चौकी भिस्वाले ठूलो मात्रामा अवैध लागूऔषध ‘गाँजा’ सहित एक जानालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भिस्वाबाट सई प्रेम मिश्राको कमान्डमा खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वा वडा कार्यालय नजिकबाट अन्दाजी १२ केजी अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको हो ।भिस्वा चौकबाट दक्षिण इन्डियातर्फ साईकलको क्यारियरमा बोरा राखेर लगिरहेको बेला सक सँका लागि चेक जाच गर्दा उक्त गाजा बरामद गरिएको छ ।
आज ‘बिहीबार’ बिहान ३ बजे उक्त परिणामको गाँजा बरामद गरेको हो । उक्त गाजा सहित पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरिया मा बुझाइएको छ । कार्यालयमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर दीपक थापाले जनाए ।
