सञ्चय कोषको कुल वित्तीय स्रोत ३ खर्ब ४५ अर्ब

18

काठमाडौं, साझा खवर संवाददाता – कर्मचारी सञ्चय कोषले आज आफ्नो स्थापनाको ५८ औ वार्षिकोत्सव मनाएको छ । कोषद्धारा मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पुरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले कोषजस्ता दीर्घकालिन सम्झौतित बचत गर्ने संस्थाको लगानी पुँजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोाषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्बेबारी पाएसँगै आगामी दिनमा कोषको परम्पारागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न ब्यवसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताए ।

सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसी प्रसाद गौतमले कोष अन्ठाउन्न वर्षमा प्रवेश गरिरहदा यसको गन्तब्यले नयाँ मोड लिएको बताए । उनले परम्परागत सञ्चय कोष प्रणालीलाई निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको र यस्तो विश्वास र भरोसाका लागि नेपाल सरकारप्रति आभार ब्यक्त गरेका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमको लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ गर्दै कोषमा २५ वर्ष सेवा गर्ने २ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेका थिए ।

कोषले २०७६ श्रावण १ पछि स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्बेबारी पाए सँगै सञ्चालनको तयारी पूरा गरेको छ । यसको लागि आवश्यक पर्ने संरचनागत, प्रकृयागत एवम प्रणालीगत तयारी पूरा गरिइसकेको जनाएको छ ।

कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करीब ३ सय ४५ अर्ब भन्दा बढीकोे वित्तीय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ । मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कोषको नाफा ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ । नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।

समाचार वर्गहरू