सडक डिभिजन कार्यालयका इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

27

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, सिरहा लहानका दुई यन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालयका इन्जिनियर नविनकुमार साह र सब इन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई १५ लाख ९६ हजार रुपैयाँ घूस मागेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुलाई घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसूर गरेको प्रमाण पुष्टि भएकाले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनीहरु दुबैजनासँग १५ लाख ९६ हजार रुपैयाँ विगो माग गरिएको छ ।

समाचार वर्गहरू