सडक फोहोर गरेको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना

76

काठमाडौं — काठमाडौँ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

महानगरले आइतबार साँझ पत्र काटेर जरिवाना तोकेको हो । पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख गरिएको छ ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरेको पत्रमा उल्लेख गरेको छ ।

राप्रपाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा कार्यकर्ता उतारेको थियो । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन् । शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए ।

The metropolis imposed a fine of 1 lakh on the RPP for littering and damaging the road structure

समाचार वर्गहरू