सत्तापक्षका पुर्वगृहमन्त्री पक्राउ, प्रतिपक्षी पुर्वगृहमन्त्री गायब

8

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार बिहान चाबहिलस्थित निवासमा पुगेर पुर्जी थमाएर पक्राउ गरेको हो। खाण सत्तापक्षीय नेता हुन्।

सोही प्रकरणमा खाण गृहमन्त्री रहेका बेला गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन्। आरोपितहरूको बयानका आधारमा खाण पनि अनुसन्धानमा तानिएका हुन्।

उता प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवम् पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। उनलाई सोही प्रकरणमा गत साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी बुटवलसम्म सम्पर्कमा थिए।

गत बुधबार प्रहरीले जिल्ला अदालत काठमाडौँबाट सांसद रायमाझीलाई पक्राउ गर्न अनुमति पाएको थियो। त्यति बेला रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै सार्वजनिक कार्यक्रममा थिए।

पक्राउ पुर्जीपछि पत्रकारसँगको कुराकानीमा रायमाझीले काठमाडौँ आएपछि अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका थिए। तर भैरहवाबाट काठमाडौँ आउने जहाजको टिकट रद्द गरे। त्यसपछि पीएसओ र चालकलाई काठमाडौँ पठाएर उनी फरार भएका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू