सत्तापक्षिय एमाले र प्रसाईं पक्षको आन्दोलनका कारण काठमामाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

79

काठमाडौं – सत्तापक्षिय नेकपा एमाले र दुर्गा प्रसाई पक्षले शुक्रबार काठमाडौंमा शक्ती प्रर्दशन गर्दा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

सत्तारुढ नेकपा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गरेका कारण अहिले सो क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या परेको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएपनि सडकमा सवारी साधानको जाम भएको छ । दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन । ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ ।

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

समाचार वर्गहरू