सत्तारोहणको ६ महिनामै सबैतिर विपक्षी एमाले

4

काठमाडौं – मुलुकको दोस्रो ठुलोदल नेकपा एमाले केन्द्र देखी प्रदेशसम्म प्रतिपक्षको बेन्चमा पुगेको छ । शुक्रबार कोशी प्रदेशको सरकार ढलेसँगै सत्तारोहणको ६ महिनापछी एमाले सबै सरकारबाट बहिरिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा एमाले सत्ताच्युत हुन पुगेको हो ।

एमाले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको थियो।

प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले अवैध ठहर गरेपछि नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको थियो।

गत मंसिरमा भएको निर्वाचनपछि केन्द्रीय सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रभित्रको विवादमा खेल्दै एमाले पुनः सत्तामा पुगेको एमाले कांग्रेससँगको सत्ता साझेदारीबाट माओवादी केन्द्रलाई अलग गराउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भयो।

सातै प्रदेशका सरकार र सभामुखसमेत भागबन्डा गरेर माओवादी–एमाले गठबन्धन अघि बढेको थियो। तर माओवादी केन्द्रसँगको एमाले सहकार्य लामो समय टिक्न सकेन। एमालेको समर्थनमा पुस ११ गते प्रधानमन्त्री भएका दाहालले केही समयपछि कांग्रेससँग सहकार्यको हात बढाएपछी एमाले किनारा लाग्दै गएको हो ।

त्यसको असरस्वरूप एमाले सरकारबाट बाहिरिन पुग्यो भने प्रतिपक्षमा रहेको कांग्रेस सत्तामा फर्कियो। सबै सरकारबाट बाहिरिएको एमाले पछिल्लो समय काँग्रेसलाई फकाउँदै सत्ताको स्वाद लिने दाउमा लागी परेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू