सधैँ महानगरको टिमसँग हुनेछु – गगन थापा

4

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै आफू सधैँ महानगरको टिमसंग रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै महामन्त्री थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैँ महानगरको टिमसँग रहने बताएका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन् ।, ‘काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु’ ।

महामन्त्री थापाले महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै यस्तो उल्लेख गरेका हुन् ।

समाचार वर्गहरू