एजेन्सी – सन् २०२६ सम्ममा जर्मनीलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । बेलायतस्थित ‘सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च’(सीईबीआर)ले यस्तो प्रक्षेपण गरेको हो । सन् २०१९ मा भारत विश्वको पाँचौं ठूलो अर्थव्यवस्था बनिसकेको छ ।
भारतको कुल ग्राहस्थ उत्पादन सन् २०२६ सम्म ५० खर्ब डलर पुग्ने रिपोर्टमा उल्लेख गरिएको छ । यो लक्ष सन् २०२४ मै प्राप्त गर्ने मोदी सरकारको लक्ष्य छ ।
रिपोर्टअनुसार सन् २०३४ सम्ममा भारत जापानलाई समेत पछाडि पार्दै अमरिका र चीनपछि तेस्रो ठूलो अर्थतन्त्र हुनेछ ।
आगामी १५ वर्ष भारत, जापान र जर्मनीका लागि अर्थतन्त्रका हिसाबले निकै प्रतिष्पर्धात्मक हुने रिपोर्टमा उल्लेख गरिएको छ ।