सप्रोस नेपालद्वारा हेलम्बु र इन्द्रावतीलाई स्वास्थ्य सामाग्री प्रदान

22

सिन्धुपाल्चोक – सप्रोस नेपालले हिजो इन्द्रावती गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । CBM संगको सहकार्यमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सप्रोस नेपालका परियोजना ब्यबस्थापक निराजन चौलागाईले मंगलबार गाउँपालिकाका उपाध्यक्ष मिरा अधिकारी लामा, प्रमुख प्रसासकिय अधिकृत र नवलपुर प्राथमिक अस्पतालका डाक्टर धर्मेन्द्र पाण्डे लाई अक्सिजन कन्सन्ट्रेटर २ थान, पिपिइ सेट ५० थान, हस्पिटल बेड १० थान, प्यासेन्ट मनिटर २ थान हस्तान्तरण गरेका हुन ।

गाउँपालिका लाई लामो समयसम्म चाहिने सामानहरू दिउँ भन्ने हिसाबले यी स्वास्थ्य सामाग्री उपलब्ध गराएको चौलागाईले बताए । “हामीले गाउँपालिका संग कुराकानी गर्यौँ र हामीलाई डाक्टर उपलब्ध गराउनुभयो, डाक्टरको रोजाई अनुसारको सामान हामीले उपलब्ध गराएका हौँ ,” उनले भने ।

सामान हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत श्री कृष्ण पौडेलले सामाजिक, आर्थिक बिकास एक्लै पूरा नहुने र यसको लागी सबैको सहयोगको आवस्यकता पर्ने बताए । “दिगो बिकासको लक्ष पनि सहकार्य भन्ने छ, हामीले सबै संस्था संग सहकार्य गरेर अघि बढेका छौँ ”, उनले भने “दिर्घकालीन रूपमा अस्पताल सन्चालन गर्ने हेतुले यो सहयोग प्राप्त भएको छ ,यसले गाउँपालिकालाई ठुलो सहयोग पुगेको छ ” ।

गाउँपालिकाका उपाध्यक्ष मिरा अधिकारी लामाले यो सहयोगको सधै स्मरण गरिरहने बताइन । गाउँपालिकालाई लामो समय सम्म को लागि काम लाग्ने सामान दिएकोमा उनले आभारी ब्यक्त गरिन ।

No description available.

यस्तै केहि दिन अघि पनि सप्रोस नेपालले हेलम्बु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

सप्रोस नेपालका परियोजना ब्यबस्थापक निराजन चौलागाईले हेलम्बु गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख ज्ञानेन्द्र सिग्देल लाई पल्स अक्सिमिटर १०० पिस, पिपिइ सेट १०० थान, डिजिटर थर्मोमिटर १०० पिस, प्यासेन्ट मोनिटर २ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरेका हुन ।

समाचार वर्गहरू