सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ महँगियो

6

काठमाडौं – नेपाल आयल निगमले मंगलबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा  दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा  प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास  प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

छोटो समयमा पटकपटक गरिएको मुल्यवृद्धिले यातायात लगायत दैनिक उपभोग्य वस्तुमा महँगी बढ्ने सरोकारवाला बताउँछन् ।

समाचार वर्गहरू