सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरिदै

7

काठमाडौँ । आज (सोमबार) सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट ल्याउँदैछन् । अघिल्ला वर्षहरुमा बनाइएका महत्वाकांक्षी बजेट कार्यान्वयन हुन नसकेपछि यसपटक प्रदेश सरकारहरुले कार्यान्वयन हुनसक्ने बजेट मात्रै ल्याउने तयारी गरेका छन् ।

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्ने तालिका छ । प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउने ल्याउने व्यवस्था छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि बजेट ल्याउने गरिन्छ ।

मधेश प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत हुँदैछ । कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजेलाई कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत तालिका सार्वजनिक गरेको छ ।

समाचार वर्गहरू