सभापति देउवाको काम चित्तबुझ्दो नभएपनि अहिले हटाउन मिल्दैन – कोइराला

1

काठमाडौं – कांग्रेस सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद कोइरालाले सभापति देउवाका कमजोरी भए पनि तत्काल हटाउन नमिल्ने बताएका हुन् ।

डा. कोइरालाले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताएका हुन् ।

पार्टी सभापतिले गरेका कामकारबाही चित्तबुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको कोइरालाको भनाइ छ ।

‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ । विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यक्रम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो,’ उनले भने ।

फरक प्रसंगमा नेता कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुनेसमेत बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू