सभापति देउवाबिरुद्ध विद्यार्थीको चर्को नाराबाजी

28

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नेपाल विद्यार्थी संघका एक समुहले पार्टी कार्यलय सानेपा अगाडी नाराबाजी गरेका छन् । सभापति देउवा बिरुद्ध असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन भन्दै देउवाइतर पक्षका नेविसंघ विद्यार्थी नेताहरुले नाराबाजी गरेका हुन् ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्रि कृष्ण प्रसाद सिटौला पक्षीय जिल्ला सभापतिहरुको भेला पार्टी कार्यलयमा भईरहदा पनि नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले सभापतिबिरुद्ध नारा लगाएका थिए ।
देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेपछि त्यसका बिरुद्धमा उनीहरु २० दिनदेखि रिले अनसन बसिरहेका छन् ।

समाचार वर्गहरू