सभामुखको निर्वाचनको लागि उम्मेदवारी दर्ता आज

32

(काठमाडौं) – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पदपूर्तिका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ ।

समाचार वर्गहरू