सभामुखबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दै

22

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आज बस्दैछ । सत्तारुढ नेकपाले सभामुख चयन गर्न नसकेको भन्दै सो विषयमा छलफलका लागि कांग्रेसले दलको बैठक बोलाएको हो ।

सभामुख चयनमा देखिएको अन्यौलताबारे कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने भएको हो । सभामुख चयनको विषयलाई लिएर नेकपाले संसदलाई बन्धक बनाएको कांग्रेसको आरोप छ । कांग्रेस संसदीय दलको बैठक आज दिउँसो साढे १ बजे बस्दैछ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । नेकपाभित्रको विवादले सभामुख चयन हुन नसकेपछि पुस ४ मा सुरु भएको संघीय संसद्को अधिवेशन झन्डै एक महिनादेखि अवरुद्ध छ ।

सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको सचेतक पुष्पा भुसालले जानकारी दिईन । कांग्रेसले प्रतिनिधिसभाको सभामुख यथाशीघ्र चयन गरी संघीय संसद्को बैठक सञ्चालन गर्न दबाब दिने तयारी समेत गरेको छ ।

समाचार वर्गहरू