काठमाडौं – संघीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ । यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराले मंगलबार राजीनामा दिएको सचिवालयले जानकारी गराएको हो ।
सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी गर्दै सभामुख महराले दिएको राजीनामाबारे जानकारी गराएका हुन् ।
सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गरेको प्रस्ट पारेका छन् ।