सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतबीच भेट

54

(काठमाडौं) – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि साउदी अरेवियाका राजदूत मुसैद सुलेमान मोहम्मद अलमारवानीबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामूखमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना दिए । सभामुख सापकोटाले साउदी अरेवियासँग नेपालको ४३ वर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको बताए ।

सच्चा मित्रको चिनारी दुु:खका बेलामा हुने बताउँदै २०७२ सालको शिनाशकारी भूूकम्प पछि साउदी सरकारले गरेको सहयोग संधै स्मरणीय रहने बताए । सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

उनले तीन लाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

समाचार वर्गहरू