(काठमाडौँ) – कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विशेषगरी महिला श्रमिकहरु तथा दैनिक ज्यालादारी र मजदुरी गर्ने श्रमिकहरुको सहायताका लागि नेपाल महिला संघले अभियानकै रूपमा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
दैनिक मजदुरीकै भरमा छाक टार्नेहरु लकडाउनका कारण घर जान सक्ने अवस्थामा पनि नरहदा र रोजगारी पनि नहुँदा समस्यामा परेका हुन । यो अवस्था अझ लम्बीरहदा उनीहरु भोकै रहने खतरा बढेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले उनीहरुको लागि सहयोग अभियान संचालन गर्ने निर्णय गरेको हो ।
नेपाल महिला संघ काठमाडौ जिल्ला समितिको संयोजनमा ७७ वटै जिल्लाका महिला नेतृहरु सहभागी भिडियो कन्फ्ररेन्सले यस्तो निर्णय गरेको नेपाल महिला संघ सिन्धुपाल्चोककी सभापति गीता नेपालले जानकारी दिइन् । महिला नेत्री नेपाल अनुसार संक्रमणका कारण दैनिक ज्यालादारीमा निर्भर विशेषगरी महिला मजदूर र तिनका परिवार तथा विपन्न समूदाय, अपाङगलगायतलाई सहायताका लागि अभियान नै शुरु गरिएको हो ।
‘सरकार तथा विभिन्न मनकारीहरुले राहत वितरण गरिरहेकोमा हामी त्यसप्रति धन्यवाद दिँदै संघले पहिलो चरणमा काठमाडौँमा रहेका दैनिक ज्यालादारीमा निर्भर मजदूर परिवार, विपन्न समूदाय, अपाङग, महिलालगायतलाई राहत सहयोग उपलब्ध गराउने र त्यसलगत्तै देशभर यो कार्य गर्ने जानकारी दिएको छ ।
साथै संघले कोही श्रमिक भोकै बस्नुपर्ने अवस्थामा राहत सहायता आवश्यक भए उल्लेखित ब्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
सम्पर्क व्यक्ति
– बिष्णु देवि पुडासैनी (नेपाल महिला संघ सभापती काठमाण्डौ)– ९८४१४१४४२५
– गीता नेपाल (नेपाल महिला संघ सभापति सिन्धुपाल्चोक) – ९८५११७९८७०
– राज्य लक्ष्मी श्रेष्ठ (पुर्व सभासद) – ९८५१२३७७६७
– गोमा केसी (पुर्व नेका जिल्ला सभापति ,ओखलढुंगा) – ९८५१०४६७९९
– कुशुम थापा (नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष) – ९८४१३२९३१८
– सरस्वती ढुंगाना (नेपाल ट्रेडयुिनयन कांग्रेस, केन्द्रिय सदस्य) – ९८५११८९७९७