काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताएका छन्।
मंगलबार नेकपा माओवादीसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेपछि भट्टराईले समाजवाद उदार विचार,उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष भट्टराईले समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङको हतियार नबनोस् भन्दै टिप्पणी गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो तअति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’
उनले चार दलीय समाजवादी मोर्चामा आवद्ध हुने भनेपनि अन्तिममा अस्वीकार गरेका छन्।