समृद्धतर्फ आकर्षित हुनु सहिदको सपना पूरा हुनु हो – राष्ट्रपति पौडेल

47
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बाटातर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

सहिद दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले महान् सहिदहरुको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बाटोतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका हुन् ।

वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै उक्त आकाक्षालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यो दिवसले थप प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलको भनाइ छ।

समाचार वर्गहरू