`सम्झना´लगत्तै गौतमको द्वयको `साईँली´ बजारमा(भिडियो सहित)

19

काठमाण्डौं – चर्चित लोक दोहोरी गायीका स्मृति गौतमको नयाँ गिती एल्बम साईँली´ बजारमा आएको छ । गायक किरण गौतम तथा गायीका स्मृति गौतमको संयुक्त्त गिती एल्बम `साईँली´ म्युजीक भिडीयो सहित आइतबार सार्वजानिक भएको हो । केहि समय अघी सम्झना नामक गिति एल्बममा आवाज दिएर जोडीएको गौतम दिदि-भाईको यो दोश्रो कोसेली हो ।

गाएक किरण गौतम तथा गायिका स्मृति गौतमको आवाज रहेको उक्त्त गितको शब्द संङ्गित किरण गौतमको छ भने संङ्गीत संयोजन बिष्णु तामाङ्गले गरेका छन् । संकरा डिजिटल स्टुडियो मार्फत बजारमा आएको गिति एल्बम `साईँली´ मा कुमार सानु पुनले संङ्गीत संयोजन गरेका छन् भने सरोज दाहाल, आयुष्मा कार्की, सनम सुवाल, भक्त्त दाहाल, सुष्मा सुन्दास लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

इन्द्रावति गाउँपालिका – ५ स्थायी घर भएकी गौतमले विगत २०६७ साल देखी गायन क्षेत्रमा प्रवेश गरेर करिब २ सय लोकदोहोरी गिति एल्बममा आफ्नो आवाज दिएर लोक दोहोरी क्षेत्रमा आफ्नो अलग्गै पहिचाहन स्थापित छिन् । ५ दर्जन भन्दा बढि गिति एल्बम तथा म्युजिक म्युजिक भिडियो बजारमा ल्याइसकेको गायिका गौतम बताउँछीन् ।

सालको पात टपरि दुना बाट चर्चामा आएकी गायिका गौतमको लकडाउनको अवधिमा मात्रै दुइखोली दोभान, आइदेउ फर्केर, सम्झना, एक्लो वर, सिन्धुलिको जुनारै रसिलो, किन बिर्सियौ, माया मिठो ललितपुरेको, सामाजिक दुरी बजारमा आइसकेका छन् भने झम्के फुली, जुन दिन देखी मायाको साथ छैन, लगायतका लोकदोहोरी गिति एल्बम छिट्टै बजारमा आउने तयारिमा रहेको गायिका गौतम बताउँछिन् ।

कोटेश्वर जडिबुटी चोकैमा रहेको शैलुङ्ग रोधी घरको सञ्चालिका समेत रहेकी गायिका गौतम गायनका अलावा समाजसेवामा सेत आफ्नो रुची रहेको बताउँछिन् ।

 

समाचार वर्गहरू