सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

101

काठमाडौं – सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सफाइ दिएको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्ट्याएको हो ।

विशेष अदालतले २०७५ साउन २४ गते लामालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र बिगो बराबरको सम्पत्ति जफथ गर्ने फैसला सुनाएको थियो ।

विशेष अदालतले लामाको १ करोड ४० लाख ५० हजार बराबरको सम्पत्ति अवैध ठहर गरे पनि सर्वोच्चले भने दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।

समाचार वर्गहरू