सरकारको विरुद्धमा एमालेको ‘आइटी आर्मी’

8

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहले ‘आइटी आर्मी’ को घोषणा गर्ने भएका छन् ।

मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए।

अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।’

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

hcMMzElr.jpg87je1jVh.jpg

समाचार वर्गहरू