काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा जानकालागी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल गठन गरेको हो ।
उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले गठबन्धनका अन्य दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट का-को सरकारमा जाने भन्ने विषयमा छलफल गर्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरेको छ ।