काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल दोस्रोपटक विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारीमा लागेका छन्।
यसका लागि उनले सत्ता गठबन्धनका प्रमुख दलका शिर्ष नेताहरुसँग औपचारिक/अनौपचारिक छलफल अघि बढाएका हुन्।
जसअन्तर्गत बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका चार दलको बैठक बस्यो। बैठकमा सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
उनका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरु सहभागी थिए। हाल प्रारम्भिक छलफल मात्रै भएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।