काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने भएको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
साथै बैठकले रास्वपा नेतृत्वमा सरकार बनेलगत्तै राज्य आतंकतर्फ उन्मुख भएको भन्दै संविधान,लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको ठहर गरेको छ । एमालेले सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ । बैठकले पार्टी अध्यक्षको गैरकानुनी गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्ने कामलाई निरन्तरता दिने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।