सरकारले गाँजाखेतीलाई बजेटमा समेटेपछि शेरबहादुर खुशी

4

काठमाडौं – सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने बिषयलाई बजेटमा समेटेपछी पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले खुशी व्यक्त गरेका छन् । उनले आफ्नो अभियानले सार्थकता पाउनेकुरामा विश्वास व्यक्त समेत गरेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट वक्तव्यमार्फत औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका थिए।

तामाङले भनेका छन्, ‘गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने भनेर बजेट भाषणमा नीतिगत रूपमा बोलेकोमा अब हामी सबै भएर लागौँ । हाम्रो अभियानले सार्थकता पाउनेतर्फ अगाडी बढेको छ।’

नेता तामाङले अघिल्लो पटक सांसद हुँदा संसद्मा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’लाई दर्ता गरेका थिए।

उनले सरकारको घोषणापछि आफूले दर्ता गरेको विधेयक ब्युँताएर गाँजा खेतीलाई वैधानिक दिन माग गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू