सरकारले वास्ता नगरेपछी गोविन्द केसीले तोडे अनशन

23
फाइल फोटो

काठमाडौं – डा.गोविन्द केसीले अनशन तोडेका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अनशन ६ दिन अघिदेखि अनशन बसेका थिए।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका थिए।

संसद सञ्चालनमा केन्द्रित सरकारले उनको अनसनतर्फ ध्यान नै नदिएपछी आफुले राखेका माग पूरा नभए पनि उनले अनशन तोडेका हुन्।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई अनशन तोड्न सुझाव दिएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू