काठमाडौं – उखुको भुक्तानी नपाएपछि आन्दोलनरत उखु किसानले सरकारसँगको वार्तामा ११ बुँदे माग अघि सारेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा बुधवार भएको वार्तामा उखु किसान संघर्ष समिति सर्लाहीले ११ बुँदे माग पेश गरेको हो ।
उखु बिक्री गरेको ६ वर्षसम्मको भुक्तानी रकम नपाएपछि सर्लाहीका किसानहरु शनिवारदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका थिए ।
उद्योग मन्त्रीले बोलाएपछि वार्ताका लागि उद्योग मन्त्रालय पुगेका किसानहरुले ६ वर्षदेखि रोकिएको भुक्तानी तत्काल दिनुपर्ने, सरकारी अनुदान विनाशर्त किसानको खातामा उपलब्ध हुनुपर्ने लगायतका ११ माग अघि सारेका हुन् ।