सरकारसँग मिलेर अघि बढ्न तयार छु : अध्यक्ष गैरे

13

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष गैरेले श्रम रोजगार तथा सामाजिक मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका हुन् । अध्यक्ष गैरैले निवर्तमान संघका नेतृत्वले बिगारेका काम आफनो टिमले कुशलतापूर्वक पूरा गरेर देखाउने दाबी गरेका छन् ।

संघका पूर्व अध्यक्ष रोहन गुरुङका टिमले मन्त्रीसँग एउटा कुरो गर्ने र व्यवसायीसँग अर्को कुरा गर्ने गरेकाले वैदेशिक रोजगार व्यवसायमा समस्या आएको उनले आरोप लगाए ।

आफ्नो नेतृत्वको कार्यसमिति नितान्त साझा व्यवसायीको टिम भएको जिकिर गर्दै उनले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा सफलता हारिल गर्ने गरी अघि बढ्ने बताए । यस क्षेत्रलाई परदर्शी, मर्यादित र सुरिक्षत बनाउन सरकार लगायत सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधानको बाटोमा अघि बढने प्रतिबद्वता जनाए । अध्यक्ष गैरेले आफनो टिमसँग पराजित भएका साथीहरुलाई कुनै बिचलनमा नआउन आग्रह गर्दै आफू सवै व्यवसायीको कुरा समेटेर अगाडि बढ्ने बताए ।

उनले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सरकार पनि सकारात्मक देखिएको जानकारी दिदैं समस्याको समाधान गर्न बर्तमान नेतृत्व लागि पर्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले निवर्तमान कार्यसमितिको नेतृत्वको कार्यशैलीका कारण व्यवसायीहरुले धेरै समस्या भोगनु परेको आरोप लगाए । उनले अहिलेको नवनिर्वा्चित कार्यसमिति सक्षम भएकै कारण नेतृत्व लिन सफल भएको बताउँदै यो टिमले उदाहरणीय काम गरेर देखाउने दावी गरे ।

संघका नवनिर्वाचित महासचिव सुजित श्रेष्ठले सरकारले जारी गरेको फ्रि भिसा फ्रि टिकटको प्रावधानमा व्यवसायीले काम गर्न नसक्ने भन्दै यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन सरकारसँग छलफल गर्ने बताए ।

समाचार वर्गहरू